पोखरा महानगरपालिका वडा नं. १२ लाई प्लास्टिक व्यवस्थित बनाउने अभियान अन्तरगत पहिलो चरणको सर्वेक्षण कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा सर्वेक्षकहरूले टोल टोलमा पुगेर त्यहाँ सङ्कलन हुने फोहोर तथा सूचना सङ्कलन गरेका छन् ।
वडा अध्यक्ष सन्तोष बास्तोलाका अनुसार दोस्रो चरणमा एक घर दुई झोला वितरण गरिने छ । उहाँका अनुसार पसलहरूमा समेत यस्तो प्रकारको झोला उपलब्ध गराइने छ ।
युएनडिपीको सहयोगमा सञ्चालित यस परियोजनाको प्रमुख उद्देश्य भनेको प्लास्टिक शून्य वडाको रूपमा विकास गर्ने रहेको छ ।