मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक-पटक गर्दै आएका ऐतिहासिक जनअन्दोलन, सशस्त्र संर्घष, त्याग र बलिदानको परिणामस्वरूप स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको महत्वपूर्ण अंगको रूपमा नेपालको संविधान, २०७२ मा भएको व्यवस्था बमोजिम प्रदेश सरकारको गठन भएको हो।

मनकामना, मुक्तिनाथ, बाराही, लुम्बिनी, देवघाट, विन्ध्यावासिनी, गलेश्वरधाम, जगेन्द्र मोक्ष आदी जस्ता धार्मिक स्थलहरु, गोरखा दरबार, नुवाकोट आदि ऐतिहासिक स्थलहरु अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी जस्ता हिमश्रृखला, गुफा, तिलिचो, फेवा, बेगनास आदि ताल तलैया, ठाँउ ठाँउमा भूमिगत भै वग्ने सेती नदी, डेभिड फल, सुन्दर हरिया पहाड अनि समथर तराइ जस्ता पर्यटकीय दृष्टिले अति महत्वपूर्ण सम्पदाको धनी यो प्रदेश बहुजाती, बहुभाषा, बहुधर्म सस्कृतिले पनि आकर्षणको रुपमा रहेको छ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई प्रदेश राजधानीको रुपमा लिएको यस प्रदेशको मुख्य प्रशासकीय निकायको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको छ।

संविधान प्रदत्त जिम्मेवारी एवं नागरिक अपेक्षा अनुरुप प्रदेशको शान्ति सुव्यवस्था विकास एवं सुशासनका माध्यमबाट प्रदेशका नागरिकको जीवनस्तर अभिबृद्धि गर्ने दिशामा कृयाशील यस कार्यालयको राजनीतिक नेतृत्व मुख्यमन्त्री र प्रशासनिक नेतृत्वका रुपमा नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतले प्रमुख सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्ने व्यवस्था छ।
Address Line 1
पोखरा नेपाल, Pokhara, Gandki, Kaski, Nepal
Fax
+977-061-467665
Unique Pageviews
124
Website Clicks
134